arrow

राखेप सदस्य–सचिव विष्ट भियतनाम गए

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
ksab-kumar-bista-visit.jpeg
काठमाडौं । पाँचौं एसियाली बिच गेम्समा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार भियतनामको दानाङ प्रस्थान गरेका छन् । सदस्य–सचिव नेपाली टोलीको सेभ दि मिसनका रुपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
 
सेप्टेम्बर २४ देखि सुरु हुने बिच गेम्समा  नेपालबाट विभिन्न ६ खेलमा १८ खेलाडी सहभागी हुने छन् । सदस्य–सचिव विष्टको अनुपस्थितिमा राखेपका कोषाध्यक्ष सुरेन्द्रबहादुर हमालले निमित्त सदस्य–सचिवको कार्यभार सम्हाल्ने छन् । सदस्य–सचिव विष्ट असोज १२ गते स्वदेश फर्किने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ