arrow

मधेस केन्द्रीत दलको काठमाडौंमा ‘कालो सभा’, मधेसमा फेरि जलाइयो संविधान

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
morch-news-news.jpeg
काठमाडौं । सरकारले धुमधामसंग पहिलो संविधान दिवस मनाउँदा संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले कालो दिवस मनाएका छन् । 
 
देशभर कालो दिवस मनाएको मोर्चा र गठबन्धनले राजधानीको माइतिघर मण्डलामा कालोसभा मनाएको छ । माइतीघर मण्डलामा मधेस आन्दोलका क्रममा राज्यले गरेको दमनको प्रतिकात्मक शैलीले विरोध गरियो । मोर्चाका नेता कार्यकताले वक्तव्य मात्र दिएनन् । कार्यकर्ताले प्रतिकात्मक शैलीले आन्दोलनका विभत्स मृत्युलाई दर्शाउन विभिन्न प्रहसनहरु देखाए । 
 
उनीहरुले कालो ब्यानर र पट्टीसहित प्रदर्शन गरे । यस्तै कालो कपडा ओढेर ‘कालो वुद्ध’को प्रहसन प्रस्तुत गरे । कालो सभामा सद्भावना सहअध्यक्ष लक्ष्मण लाल कर्ण, महामन्त्री मनीष सुमन, नेता जितेन्द्र सोनल लगायतले वक्तव्य दिए । 
 
यस्तै, मधेसमा विहानै देखि जुलुस र प्रदर्शन भए । मोर्चा कार्यकर्ताले कतिपय स्थानमा टायर बालेर प्रदर्शन गर्नुका साथै संविधान जलाएका छन् । मोर्चा कार्यकर्ताले देश बाहिर समेत कालो दिवस मनाएका छन् । यस्तै, मोर्चाले मंगलबार प्रत्येक जिल्लाको सदरमुकाममा तराई–मधेस संघर्षका क्रममा दिवंगत भएकाहरुको सम्झनामा श्रद्धान्जली सभा गर्ने कार्यक्रम राखेको छ । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ