मोरङ । मोरङको कोसी हरैचा नगरपालिका –१ चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका दुईको अवस्था चिन्ताजनक छ ।
चटयाङ लागेका तीनैलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चिराक खुलाल, राउल सुब्बा र सन्देश उराव छन् । सख्त घाइते भएका दुई बालकको धरानमा उपचार भइरहेकाे छ ।