arrow

संविधान कार्यान्वयनमा दलहरु नमिले इतिहासले धिक्कार्छ : नेता पण्डित

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
Lalbabu-Pandit.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्ने शक्तिहरु कार्यान्वयनमा निराश भए इतिहासले धिक्कार्ने बताएका छन् । 
 
विद्यार्थी सरोकार नेपालले सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको संविधान कार्यान्वयनमा चुनौती र युवाको सरोकार विषयक अन्तक्र्रिया कार्यक्रममा नेता पण्डितले संविधान निर्माणमा नेकपा (एमाले)को ठूलो भूमिका रहेकाले एमालेले कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे । 
 
उनले भने, “संविधान निर्माणको क्रममा केही विरोध हुनु स्वभाविक हो तर ती विरोधहरु आफैँ अन्त्य भएर जान्छन् ।” नेता पण्डितले मुलुकको रक्षाका लागि सबैले सकारात्मक भूमिका खेल्नु जरुरी रहेको उल्लेख गरे । 
 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधान मानवनिर्मित वस्तु भएकाले विस्तारै सच्याउन सकिने बताए । उनले भने, “दलहरुको सहमतिमा आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ ।”
 
उनले ९० प्रतिशत सांसदको हस्ताक्षरमा संविधान निर्माण भएको भन्दै मधेसी राजनीति दलले कालो दिवसका रुपमा संविधानलाई मनाउन नहुने धारणा व्यक्त गरे । नेता परियारले संविधान कार्यान्वयनमा विभिन्न शक्तिहरु लागेको भन्दै यसका विरुद्धमा युवाले खबरदारी गर्नुपर्ने बताए । 
 
कानुनविद् गोविन्द वन्दीले संविधानमाथिको राजनीति बन्द भएमात्र संविधान कार्यान्वयन हुने बताए । उनले भने, “संविधान कार्यान्वयनका लागि सरकार जिम्मेवार र वफादार हुनुपर्छ, असन्तुष्टिका आवाजहरुलाई सम्बोधन गर्नुपर्छ ।” 
 
उनले नेपालको संविधानप्रति विदेशीको चासो केही हदसम्म स्वीकार्य हुने तर हस्तक्षेप कदापी स्वीकार्य नहुने स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ