arrow

विराटनगरका उद्योगीमा संविधान जारी ताकाको उत्साह देखिएन

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ असोज ३ सोमबार
biratnagar-in-nepal-new-news.jpeg
 विराटनगर । संविधान जारी भएको एक वर्ष वितिसक्दा पनि पूर्ण रुपले संविधान कार्यान्वयन नहुँदा ओधोगिक नगरीको रुपमा चिनिने विराटनगरका उद्योगी व्यवसायी निराश भएका छन् ।
 
नयाँ संविधान जारी भएपछि उद्योग, व्यवसाय क्षेत्रमा लगानी गर्नें वातावरण बन्ने र देश आर्थिक विकासमा अगाडि बढ्ने उद्योगीहरुको सपना थियो तर संविधान कार्यान्वयन नहुँदा उनीहरु  निराश भएका हुन् । 
 
नयाँ संविधान जारी भएको एक वर्ष पूरा भइसक्दा पनि यसको कार्यान्वयनतर्फ सरकार र दलहरु गम्भीर भएर नलागेको  उनीहरुको गुनासो छ । 
 
व्यवसायीहरुले संविधान जारी भइसकेको तर कार्यान्वयन नहुँदा निजी क्षेत्रमा लगानी गर्ने वातावरण नबनेको र अर्वौ लगानी गरेर संचालन गरेको उद्योग, व्यवसाय समेत धरासयी बन्दै गएको बताएका छन् ।
 
मोरङ व्यापार संघका अध्यक्ष एंव सासद पवन सारडाले संविधान जारी भएपछि देशमा स्थिरता आउला, जनताले अमनचयनको शास फेर्न पाउलान्, औद्योगिक क्षेत्रमा लगानी मैत्री वातावण बन्ला र वैदेशिक लगानी भित्र्याउन सकिएला भनि जुन आशा राखिएको थियो । त्यो आशा निराशामा परिणत भयो–भने । 
 
उनले संविधान कार्यान्वयन गर्न र असन्तुष्ट पक्षका  मागलाई सबै राजनीतिक दलहरु एकै ठाउमा उभिएर समाधान गरी संविधानको सफल कार्यान्वयनमा लाग्नु पर्नेमा दिए । 
 
मोरङ व्यापारसंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले समेत संविधान कार्यान्वयनले निजी क्षेत्रमा लगानी गर्ने वातावरण बन्ने आशा बोकेका उद्योगी, व्यवसायी त्यसो नहुँदा निराश भएको सुनाए । 
 
उनले भने, ‘असुन्तुष्टपक्षको मागलाई सम्बोधन भन्दा पनि सत्तामा कसरी जाने होडबाजी चल्ने गरेकाले संविधान कार्यान्वयन हुन सकेन । समय त्यसै गुज्रियो ।’
 
उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले नयाँ संविधान जारी भएपछि उद्योग–व्यवसाय सञ्चालनमा देखापरेका समस्या समाधान हुने तथा बन्द हडताल समेत सदाका लागि बन्द हुने र त्यसपछि मुलुकमा आर्थिक क्रान्ति आउने  निजी क्षेत्रको  विश्वास निराशामा परिणत भएको बताए । 
 
उनले संविधानप्रति असुन्तुष्टि जनाउने पक्षहरुको जायज मागलाई सम्बोधन गर्दै सबै मिलेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताए । 
 
उद्योग संगठनका महानिर्देशक सोमनाथ अधिकारीले जारी संविधान कार्यान्वयमा सबै  एक जुट भएर लागे मुलुकले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्ने जिकिर गरे । 
 
उद्यागी व्यावसायीहरुले निजी क्षेत्रको हित चाहने र लगानी वढाउनका लागि पनि संविधानको सफल कार्यान्वयन जरुरी रहेको धारणा राखेका छन् । 
 
संविधान दिवसमा विविध कार्यक्रम 
संविधान दिवसको अवसरमा मोरङ जिल्लामा  विभिन्न  कार्यक्रमको आयोजना गरिए । 
 
संविधान दिवसको अवसरमा  विराटनगरमा नयाँ संविधानको स्वागत गर्दे र्‍याली निकालियो । जिल्ला विकास समिति मोरंङवाट वाजा गाजा सहित निस्केको र्‍यालीले नगरको विभिन्न भागरको परिक्रमा गरेको थियो ।
 
र्‍यालीमा सरकारी कार्यालयका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि , वुद्धिजिवी, पत्रकार तथा स्थानीयको सहभागिता रहेको थियो । यस्तै, संविधान दिवसको उपलक्ष्यमा विराटनगरमा विशेष कार्यक्रम समेत गरियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ