arrow

'बेईमान लभ : सन्नी लियोन अभिनित उत्कृष्ठ चलचित्र'

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
sr-27.jpeg
एजेन्सी ।बलिउड अभिनेत्रि सन्नी लियोन चलचित्र बेईमान लभको प्रचार प्रसारमा व्यस्त रहेकी छन् । चलचित्र बेईमान लभमा सन्नीको अहिले सम्मकै उत्कृष्ठ अभिनय रहेको चलचित्रका निर्देशक राजीव चौधरीले बताएका छन् ।
 
 निर्देशक राजीव चौधरी भन्छन्, 'सन्नीको चलचित्र बेईमान लबमा दर्शकले लियोनको उत्कृष्ट अभिनय हेर्न पाउने छन् ।' चौधरीले सन्नीलाई मुख्य भुमिका दिदै चलचित्र बेईमान लब निर्देशन गरेका छन् । चलचित्रको प्रमोशनका क्रममा चौधरीले भने, 'सनी लियोन एक प्रतिभा भएकी महिला हुन् उनि मुख्य भुमिकामा अभिनय गर्न सबल छिन् ।'
 
चलचित्रमा सन्नी फरक रुपमा देखिने छिन् । उनले भने , 'चलचित्रमा सन्नीको लुक इन्डियन रहेको छ । मैले चलचित्रलाई 'जिस्म २' र 'रागिनी एमएमएस २' भन्दा फरक बनाएको छु। ती दुई चलचित्रमा सन्नीलाई जुन भुमिका दिइएको छ उनि त्यो भन्दा राम्रो अभिनयको हकदार हुन् ।' राजीवले  सन्नी लियोनको तुलना बलिउडका टप अभिनेत्री प्रियंका चोपड़ा र दीपिका पादुकोणसँग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ