arrow

नेपालको संविधान विश्वकै उत्कृष्ठ : न्यायधिश सेन

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
nayadhis.jpeg
बजुरा । जिल्ला न्यायधिश हेम बहादुर सेनले नेपालको संविधान विश्वकै उत्कृष्ठ भएको बताएका छन् । विश्वमा अन्य मुलुका संविधानहरु हेर्दा नेपालको संविधान सहज र सरलता भएको बताएका छन् ।  न्यायधिश सेनले संविधान जारी भए पछि जनताहरुलाइ राहात पुगेको बताएका छन् । उनले संविधान कार्यान्वयनमा उत्कृष्ठ बनाउन सबैले एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् । अब संविधान कार्यान्वयका लागि आर्थिक विकास जरुरी रहेको बताए । सेनले संविधानमा गरिएका व्यवस्था र सिद्धान्तहरु उत्कृष्ठ भएको दावी गरे । 
 
प्रथम संविधान दिवसमा स्थानिय विकास अधिकारी अर्जुन प्रसाद सुवेदीले संविधान निर्माणमा जनताको साथ सहयोग रहेको थियो । त्यसैगरी नै सबैको साथ र सहयोग भएमा संविधान कार्यान्वयन हुन अपेक्षा गरेका छन् । प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भने,संविधान कार्यान्वयन प्रक्रियामा सबैले एक भएर लाग्नुपर्ने बताए । नागरिक स्वतन्त्रता मौलिक समाबेशी हकका लागि सफल संविधानक कार्यान्वय हुनुपर्नेमा जोड दिए । श्रेष्ठले अरुलाइ भन्दा आफुले कर्तव्य बोध गर्न जरुरी रहेको बताएका छन् । 
 
दिवसमा बोल्दै नेपाली काँग्रेसका नेता रामसिंह रावलले भने संयम र धैर्य हुनुपर्ने बताए । उनले पहिला संविधान निर्माण असफल भएकाले यसलाइ कार्यान्वयमा सफल बनाउन लाग्नुपर्ने बताएका छन् । रावलले संविधान देश र जनताका लागि भएकाले सबै संघसंस्था र कर्मचारीहरुको महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताएका छन् । 
 
प्रथम दिवसमा नेकपा एमालेका उपसचिव गगन रावलले नया बनेको संविधान पुर्ण रुपमा कार्यान्वय  हुनुपर्ने बताएका छन् । उनले भने विदेशी शक्तिको चलखेलमा संविधान संशोधन हुन नसक्ने बताए । जनतालाइ स्वतन्त्र न्याय प्रणाली हुनुपर्ने रावलले बताए । उनले नेपालको संवित्रान उत्कृष्ठ भएकाले संविधानको रक्षा गर्न संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 
 
नेकपा माओबादीका केन्द्रका केन्द्रीय सदस्य महेश शाहीले संविधानले जनतालाइ राष्टियता,स्वाधिनता र स्वतन्त्रता दिएको बताएका छन् । उनले आसु र रगत बगाएर बनाएको संविधान सबैको हितमा रहेको बताए । संविधान कार्यान्वयनका लागि संवैधानिक व्यवस्था हुनुपर्ने बताएका हुन् । देश सुशासन र धर्म निरपेक्षमा रहेको शाहीले बताए । शाहीले प्रधानमन्त्री भारत भ्रमणमा नेपालको हित विपरित सम्झौता नगरेको बताएका छन् । 
 
प्रथम संविधान दिवसको अवसरमा गैसस महासंघका अध्यक्ष कासी विक, नया शक्ति नेपालका जिल्ला संयोजक दिलिप शाही, राप्रपा नेपालका हिमाल शाही र राप्रपाका प्रकाश वि.क.ले शुभकामना मन्तव्य राखेका थिए । दिवसमा खुलामञ्चलाइ बेहुली झै सिंगारिएको थियो । दिवस हर्ष उल्लासका साथ मनाइएको जिल्ला विकास समिति बाजुराका योजना तथा अनुगमन अधिकृत प्रेम बहादुर सिंहले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ