arrow

एमालेदेखि विप्लप समूहका विद्यार्थीले गरे नेपाल–भारत वक्तव्यका बुँदा खारेजीको माग

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
india-nepal-flag-new-aa.jpeg
काठमाडौं । प्रमुख विपक्षी एमालेसहित ६ दल निकट विद्यार्थी संगठनहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी भएको नेपाल–भारत संयुत्तः वक्तव्यको बुँदा नम्बर ११ र १३ खारेज गर्न माग गरेका छन् । 
 
एमाले निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैंटौं, नेत्रविक्रम समूह निकट अखित क्रान्तिकारीसहित ६ विद्यार्थी संगठनले सोमबार संयुक्त वक्तव्य जारी गरी ती बुँदा खारेजीको माग रहेका हुन् ।
 
विज्ञप्तीमा बुँदा नम्बर ११ संयुक्त राष्ट्रसंघको सुधार लगायत अन्तर्राष्ट्रिय एजेण्डामा समान धारणा बनाउने वाक्याशं नेपालको स्वतन्त्र परराष्ट्र नीति प्रतिकुल रहेको उल्लेख छ । 
 
यस्तै, बुँदा नम्बर १३ मा नेपाल सरकारका अधिकारी र भारतीय दूतावासका अधिकारीलाई समान दर्जामा अधिकार दिई नेपालको विकासमा साझेदारी गर्न संयन्त्र बनाउने भन्ने उल्लेख छ, विज्ञप्तिमा भनिएको छ, ‘भारतले विकासको बहानामा भारतीय दूतावासका अधिकारीलाई समान हैसियत दिई नेपालमाथि हैकम जमाउने प्रस्ट आशय व्यक्त गरिएको छ । उक्त बुँदा समेत खारेज गरिनु पर्दछ ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ