arrow

भ्यू टावर र रानीपोखरीको काम रोक्न माग गर्नेलाई के भने मन्त्री केसीले ?

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
arjun-KC.jpeg
काठमाडौं । पुरानो बसपार्कमा रहेको काठमाडौं भ्यू टावर र रानीपोखरीको निर्माण रोक्न माग गर्दै शहरी विकास मन्त्रालयमा ज्ञापनपत्र बुझाईएको छ । सोमबार शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीको नाममा सम्बोधन गर्दै काठमाडौंका सम्पदाप्रेमी नागरिकको नामबाट ज्ञापनपत्र बुझाईएको हो । 
 
उक्त पत्रमा रानीपोखरी निर्माण गर्दा पुरातात्विक महत्वलाई ध्यान नदिई आधुनिक तरिकाले निर्माण गर्न लागिएको आरोप लगाउँदै यस्तो काम रोक्न मन्त्रीले ठाडो आदेश दिन माग गरिएको छ । ज्ञापनपत्रमा पुरातात्विक महत्व र अन्तराष्ट्रिय मापदण्डलाई समेत बेवास्ता गरी सिमेन्ट फलाम जस्ता आधुनिक सामग्रीको प्रयोग गरी आधुनिकता नष्ट गर्न लागिएकोले यस्तो कदम रोक्न माग गरिएको छ । 
 
काठमाडौं भ्यू टावरले काठमाडौंको स्वरूप नै विगार्ने र यसले टावर आसपासका स्थानीयलाई मर्का पर्ने भन्दै यस्तो काम रोक्न माग गरिएको छ । 
 
यसरी आएको ज्ञापनपत्रमा मन्त्री केसीले सोमबार नै पुरातात्विक एवं परम्परागत शैलीमा यस्ता सम्पदा निर्माण गर्नको खागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ