arrow

तत्काल संविधान संशोधनको माग

logo
प्रकाशित २०७३ असोज ३ सोमबार
gathbandhan-kalo-diwa.jpeg
काठमाडौं । सङ्घीय गठबन्धनले संविधान संशोधन गरेर भए पनि मधेसी समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै विरोध गरेको छ । 
 
संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा गठबन्धनले विरोध स्वरुप आज पदयात्रा गर्‍यो । पदयात्रा रत्नपार्कस्थित शान्ति बाटिकाबाट सुरु भएर जमल, बागबजार, पुतलीसडक, भद्रकाली, सुन्धारा हुँदै पुनःशान्ति बाटिकामा पुगी कोणसभामा परिणत भएको थियो । 
 
कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका नेता केशव झा, हेमराज राई र सांसद गङ्गा चौधरी लगायतले संविधानले मेधसी, जनजाति समुदायको अधिकारलाई सुनिश्चित गर्न नसकेको भन्दै विरोध जनाए । 
 
त्यसैगरी, जनजाति कानुन व्यवसायी सङ्घले यहाँ आयोजना गरेको अन्तक्र्रियामा मधेसी तथा आदिवासी जनजाति कानुन व्यवसायीले संविधान संशोधन गरेर असन्तुष्ट समुदायको मागलाई सम्बोधन गर्नुपर्ने माग गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ