- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। ईङलीश प्रिमियर लिग फुटबलमा आर्सनलको अग्रता कायमै रहेको छ। यसपालीको सिजनमा आर्सनलले अहिलेसम्म गरेको प्रदर्शनलाई हेर्ने हो भने लिगको उपाधिको असली हकदार देखिन्छ।
टोटेनह्याम हटस्पर्सलाई २-० गोलले पराजित गर्दै आर्सनलले आफू लयमा रहेको र उपाधिका लागि कसैलाई नछाड्ने सङ्केत गरिसकेको छ। १८ खेल खेलेको आर्सनल ४७ अङ्क सहित पहिलो स्थानमा छ भने म्यानचेस्टर सिटी १८ खेलमा ३९ अङ्क सहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरि न्युक्यासल र म्यानचेस्टर युनाइटेड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।
स्पर्स-आर्सनल
स्पर्सको घरेलु मैदानमा भएको खेलमा आर्सनल २-० गोलले विजयी भएको छ ।खेलको १४औं मिनेटमास्पर्सका गोलकिपर ह्युगो लोरिसले आत्मघाती गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।
त्यसैगर खेलको ३६औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै खेलमा आर्सनललाई २-०को अग्रता दिलाएका थिए। उक्त अग्रता नै निर्णायक हुन पुग्यो। पुरै खेलभरि आर्सनलको दबदबा रहेको थिए। स्पर्सले केही गोल गर्ने मौकाहरू बनाएको भए पनि आर्सनलले उक्त मौकाहरूलाई विफल बनाएको थियो।
चेल्सी र न्यु क्यासल विजयी
चेल्सीले आफ्नो घरेलु मैदानमा क्रिष्टल प्यालेसलाई १-० गोलले पराजित गरेको छ। चेल्सीका लागि काइ हेवर्ट्जले गोल गरेका थिए। चेल्सी अङ्क तालिकाको १०औं स्थानमा रहेको छ।
त्यसैगरि यो सिजन उच्च लयका साथ खेलिरहेको न्युक्यासल युनाइटेडले फुलह्यामलाई१-० गोलले पराजित गरेको छ। उक्त जीतसंघै न्युक्यासल १९ खेलमा ३८ अङ्कसहित तेस्रो स्थानमा रहेको छ।