arrow

काठमाडौं र ललितपुरका विद्यालय आसपास पाँच वटा प्रेसर कुकर बम

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
cooker_bomb.jpeg
काठमाडौं । काठमाडौं र ललितपुरका पाँच विद्यालयमा प्रेसर कुकर बम फेला परेको छ । बिहान काठाडौंमा चार तथा ललितपुरको एक विद्यालय अगाडि प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।
 
काठमाडौंको दक्षिण ढोकास्थित दुई वटा विद्यालय अगाडि बम नै विष्फोट भएको छ । विष्फोटबाट कुनै क्षति भने भएन । 
 
त्यस्तै काठमाडौंको बौद्धस्थित राई स्कुल र डल्लुको कंचनजंघा स्कुलमा पनि प्रेसर कुकर बम फेला परेको छ । 
 
त्यस्तै ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी अगाडि पनि प्रेसर कुकर बम फेला परेको छ ।
 
त्यहाँ बम डिस्पोजल टोलीले डिस्पोज गराइसकेको ललितपुर महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । 
 
घटनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र यङ्ग कम्युनिष्ट फोर्स नेपालको पर्चा भेटिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ