arrow

बेलुनमा भर्ने हाइड्रोजन ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
death_1618213452.jpg
सांकेतिक तस्विर ।

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा सोमबारदेखि  सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ । बेलुनमा भर्ने हाइड्रोजन ग्यास विस्फोट हुँदा बाणगंगा नगरपालिका  –८ शिसनियाका करिब ६५ वर्षीय नासिर मोदमद पाखियाको घटनास्थलमै मृत्यु भएको हो ।

सो घटनामा २ जना घाइते भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

थारु कल्याणकारिणी सभा बाणगंगाको आयोजनामा चौथो माघी महोत्सव बाणगंगा –९ को कपिल आरोग्य मन्दिर, कपिलधाममा आजदेखि सुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ