arrow

पुलुकिसी जात्रा मनाइँदै

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
pulikishi.jpeg
भक्तपुर । इन्द्रजात्राको अर्को आकर्षण परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्तीको जात्रा मंगलबार मनाइँदै छ । 
 
स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्राले भक्तपुरका वंशगोपाल, इटाछें, दरबारस्क्वायर, सूर्यमढी लगायत स्थानको परिक्रमा गर्ने प्रचलन छ । 
 
लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोभित्र दुई व्यक्ति राखेर पुलुकिसी तयार गर्छन् । मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ समेत राखी बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको शक्तिशाली भैरवनाथ देवतालाई भक्तिभावका साथ पूजा गर्न लगाई जात्रा सुरु गरिन्छ । 
 
जात्रामा परम्परागत बाजागाजाका साथ भक्तपुर नगर परिक्रमा गरिन्छ । जात्राका क्रममा पुलुकिसीलाई वंशगोपालमा धान खुवाइने, दरबारस्क्वायरमा आगो तपाउने र सूर्यमढीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन रहेको छ । 
 
देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीलाई पुलुकिसीका रुपमा मानिन्छ । जात्राका क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुकिसी आउँदा सुँढले छोइएला कि भनी मानिसहरु परपर बस्छन् । 
 
पुलुकिसी जात्रासँगै मंगलबारै आकाश भैरवको खट जात्रा, याँमता ९आकासेबत्ती० र तीन दिन मनाइने मूपात्र जात्रा समेत सम्पन गरिन्छ ।
 
 जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै बात नलाग्ने स्थानीय बासिन्दा बताउँछन् । 
 
त्यही भएर पुलुकिसी जात्रा बीच बाटामा पुगेपछि मात्र मूपात्र जात्रा सुरु गरिन्छ । 
 
देवीपुराणका अनुसार इन्द्रजात्रासँग सम्बन्धित पुलुकिसी जात्रा इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास तथा संस्कृतिविद् बताउँछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ