arrow

एनसेल मेलासँगै रमायो बुटवल

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
ncell-butwal-mela.jpg
काठमाडौ। देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गरेको छ। कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदान प्रदान गर्न उक्त मेलाको आयोजना गरेको हो। 
 
मेला बिहान ११ बजे शुरु भएको थियो र दिउसो २ बजेबाट नै रमझम र रौनक बढेको थियो। मौसम गरम भएता पनि विभिन्न स्टहरुमा दर्शकहरुको उत्साहजनक सहभागिता जनाएका थिए भने चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका विषेश आर्कषणहरु थिए।
 
चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिदै नाच्न र झुम्न प्ररित गरेका थिए भने हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुती दर्शकहरुले मन पराएका थिए।  
 
मेलाको विषेश आर्कषण कन्सर्ट रहेको थियो। राष्ट्रिय गान पछि कन्सर्ट गायिका मिलन अमात्यको गीतहरुबाट शुरु भएको थियो। गायक सुगम पोखरेलको ‘झिल्के’, ‘प्रेम गीत’ र ‘साथी’ मिलन अमात्यको ‘गाला रातै’, ‘स्लोली स्लोली’ र ‘कुरा  खाँटी हो’, शिव परियारको ‘क्या दामी भो’, ‘रुपौली रानी’ र ‘संगी ढुब्दैछु आज’ जस्ता गीतहरुमा दर्शकहरु आफु पनि गाउँदै नाचेका थिए। एक्स ब्याण्डले आफ्नो लोकप्रिय गीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चिया बारीमा’ अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’ गाएर दर्शकहरुलाई थप उत्साहित बनाएका थिए।
 
मेलाको प्रत्येक स्टलमा आगन्तुकहरुको बाक्लै भीड लागेको थियो। चंगा चेट प्रतियोगितामा दर्शकहरुले रमाईलो गरे भने एनसेल हाईटेक जोनमा दर्शकहरुले ‘भर्चुअल रियालिटी’ को अनुभव गरेका थिए र मगसट फोटो बुथमा सबै उमेरका आगन्तुकहरुको फोटो खिचाउन भीड लागेको थियो। सिद्घेश्वरी मैदानमा मयुर नाच, लाखे नाच र दशैं पिंङले मेला अझ रोचक बनाएको थियो।
 
मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफरका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो। सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरुमा युवाहरुको भिड देखिन्थ्यो। मनोरञ्जनका साथसाथै गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए।
 
मेलाकै अवसर पारेर एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने लुम्बिनी अन्चलका आफ्ना १० वटा आधिकारिक रिटेलरहरुलाई उपहार प्रदान गरेको छ । रिटेलरहरुले गरेको बिक्रीका आधारमा उनीहरुलाई एससिडी टिभी, ल्यापटप र प्रिन्टर लगायतका विभिन्न उपहारहरु प्रदान गरिएको थियो।
 
मेलामा बालबालिकाका लागि किडस् जोनमा इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए। त्यसैगरी, मेलामा दर्शकहरुले विभिन्न नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन पाएका थिए। बुटवल पश्चात एनसेल मेला असोज ६ मा धरान शहर हुँदै असोज ८ गते बिर्तामोडमा पुगेर आयोजना पश्चात समापन हुनेछ। 
 
“नजिकिदै गरेको चाडपर्वको अवसरमा आदरणीय ग्राहकहरु माझ पुगेर खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न पाउदा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने। “मेलाले परिवारजन, आफन्त र साथीभाईसँग रही खुसी साट्न थप उर्जा प्रदान गरेको हामीले विश्वास लिएका छौ”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ