एजेन्सी। एथलेटिको म्याड्रिडका युवा स्ट्राइकर एन्टोनी ग्रीजम्यान यतिखेर सबैको नजरमा परेका खेलाडी हुन् । ग्रीजम्यानकाई आफ्नो क्लबमा भित्र्याउन इङ्लिश क्लब चेल्सी र आर्सनल लालायित देखिएका छन् ।
प्रिमियर लिगमा नयाँ खेलाडीको अनुबन्धको ढोका आगामी जनावरीमा खोलिने भएसँगै चेल्सी र आर्सनल ग्रीजम्यानमाथि नजर लगाइरहेका छन् । दुवै क्लब आफ्नो प्रस्ताव अनुसार कुरा मिले ग्रीजम्यानलाई भित्र्याइ हाल्ने दाउमा छन् ।
चेल्सी र आर्सनल ग्रीजम्यानलाई अनुबन्ध गराउन ८० मिलियन युरो खर्च गर्न तयार देखिएका छन् । यद्धपी ग्रीजम्यान आवद्ध रहेको क्लब एथलेटिको म्याड्रिडले भने यस विषयमा मुख खेलेको छैन् ।
चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले समेत ग्रीजम्यानको आगमनले चेल्सी थप बलियो हुने विश्वास व्याक्त गरेका छन् ।
अहिलेका उदयमान युवा खेलाडी ग्रीजम्यान फ्रान्स राष्ट्रिय टोलीमा छन् भने हाल उनी स्पेनिश क्लब एथलेटिको म्याड्रिडसँग आवद्ध छन् ।
२०१६ को युरोकपको फाइनलमा आयोजक टोली फ्रान्स पोर्चुगलसँग पराजित भएपनि फ्रान्सलाई फाइनलसम्मको यात्रा तय गराउन ग्रीजम्यानको ठूलो योगदान रह्यो ।
युरो २०१६ मा ग्रीजम्यान सर्वाधिक गोलकर्ता भएका थिए ।