arrow

काठमाडौं र ललितपुरमा विद्यालय अघि बम भेटिनु निन्दनीय : कांग्रेस

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
Congres-FNL.jpg.jpeg
काठमाडौं । नेपाली कांगे्रसले काठमाडौं र ललितपुरमा बम भेटिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सो गतिविधिको निन्दा गरेको छ । 
 
मंगलबार पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल एक विज्ञप्ति जारी गरी काठमाडौँको जोरपाटी स्थित आकाशदिप स्कूल र मनकामना उच्चमाविमा भएको बम विष्फोट, वौद्ध स्थित राई स्कूल, इस्टपोल स्कूल र ललितपुरको रेडियन्ट स्कूलमा शंकास्पद वस्तु भेटिएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 
 
शान्ति, विकास र समृद्धिका वाहक मानिएका बालबालिकाले भयरहित वातावरणमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक अधिकारमाथि यो घटनाले ठाडो प्रहार गरेको छ, विज्ञप्तिमा भनिएको छ, ‘शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयहरुमा भएको यो घटना अत्यन्त निन्दनीय रहेको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र विरोध गर्दछ ।’ 
 
राजनीतिक दलहरुले विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरेपनि सो घोषणाको आफै उल्लंघन गर्दै आएका छन् भने, घुस पैठ गर्नेहरुले विद्यालयलाई नै तारो बनाउँदै आएका छन् । काठमाडौं र ललितपुरका पाँच विद्यालयमा प्रेसर कुकर बम राख्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले यङ्ग कम्युनिष्ट फोर्स नेपालका दुई जना कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएका छन् । 
 
असोज ४, २०७३
प्रेस विज्ञप्ति
 
काठमाडौँको जोरपाटी स्थित आकाशदिप स्कूल र मनकामना उच्च मा.वि.मा भएको बम विष्फोट, वौद्ध स्थित राई स्कूल, इस्टपोल स्कूल र ललितपुरको रेडियन्ट स्कूलमा शंकास्पद वस्तु भेटिएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । शान्ति, विकास र समृद्धिका वाहक मानिएका बालबालिकाले भयरहित वातावरणमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक अधिकारमाथि यो घटनाले ठाडो प्रहार गरेको छ । शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयहरुमा भएको यो घटना अत्यन्त निन्दनीय रहेको छ । यस घटनाको नेपाली कांग्रेस घोर निन्दा र विरोध गर्दछ । 
बालबालिका, शिक्षक, अभिभावक लगायत समाजमा भय, त्रास र डरको वातावरण सिर्जना गर्न खोज्ने यस्ता आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ