arrow

भारत भ्रमणमा न्यूजिल्याण्ड, ३ टेष्ट र ५ एकदिवसीय खेल्ने

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
new-Zealand.jpeg
काठमाडौं । न्यूजिल्याण्ड आफ्नो पाँचौ भ्रमणको रुपमा भारत आएको छ । पाहुना टोली न्यूजिल्याण्डले भारतसँग तीन टेस्ट र पाँच एक दिवसीय क्रिकेट खेल्नेछ । टेस्ट खेल आगामी बिहीवारबाट सुरु हुँदैछ ।
 
भारत र न्यूजिल्याण्डले अहिलेसम्म जम्मा ५१ टेस्ट श्रृंखला खेलेका छन् जसमा भारतले १७ श्रृंखला जितेको छ भने न्युजिल्याण्डले ९ श्रृंखला जितेको छ । १६ श्रृंखला भने बराबरी भएको छ 
 
भारत र न्यूजिल्याण्डबीच भएको कुल ५१ वटा टेस्ट श्रृंखलामा ३० वटा श्रृंखला भारतमा भएको छन् । तर, भारतीय मैदान न्यूजिल्याण्डका लागि प्रतिकुल सावित हुँदै आएको छ । भारतमा भएको ३० वटा श्रृंखलामा न्यूजिल्याण्डले अहिलेसम्म मात्र दुईवटा श्रृंखला आफ्नो पक्षमा पार्न सफल भएको छ । 
 
३० वटा श्रृंखलामा १६ वटा श्रृंखला भने बराबरी भएको छ । यसकारण पनि पाहुना टोली न्यूजिल्याण्डलाई यसपटक पनि अनुकुल नतिजा हात पार्न निकै सकस पर्ने देखिन्छ ।
 
भारतीय मैदान न्यूजिल्याण्डका लागि त्यति फलदायी हुन नसके पनि न्यूजिल्याण्ड मैदान भारतका लागि केही अनुकुल रहने गरेको छ । २१ वटा टेस्ट श्रृंखला न्यूजिल्याण्डमा भएकोमा भारतले पाँचवटा श्रृंखला जितेको छ । न्यूजिल्याण्डले पनि मात्र सातवटा श्रृंखला जितेको छ । नौंवटा श्रृंखला भने बराबरी भएको छ ।
 
पहिलो टेस्ट आगामी बिहीवार कानपुरको ग्रीनपार्कमा हुनेछ । यस्तै दोस्रो टेस्ट सेप्टेम्बर ३० र अन्तिम टेस्ट अक्टोबर ८ मा हुनेछ । यी दुई टोलीले ५ वटा एक दिवसीय खेल पनि खेल्ने छन् ।



नयाँ