arrow

प्रधानमन्त्रीसँग टिकापुर घटनाका आरोपी रेशमले भेटेकोबारे सचिवायलको प्रस्टिकरण

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
rasham-chaudhari.jpeg
काठमाडौँ। भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 
 
भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारे। 
 
उनले भने  – सार्वजनिक कार्यक्रममा को–को आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीकाटिप्पणी गर्नु उपयुक्त हुँदैन । आचार्यका अनुसार प्रधानमन्त्री दाहालले हात मिलाउनु भएपनि चौधरीसँग कुनै कुरा गर्नुभएको थिएन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ