arrow

क्यासिनो नेपालको समस्या समाधान गर्न समितिको निर्देशन

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
casino.jpg.jpeg
काठमाडौँ। व्यवस्थापिका संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो नेपाल-नेपाल रिक्रिएसन सेन्टरका पूर्व कर्मचारीका उजुरीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, होटल सोल्टी, गृहमन्त्रालय र नेपाल प्रहरीलाई छलफलका लागि समितिमा बोलाएको छ । 
 
सो विषयमा अध्यययन गर्न गठित उपसमितिले समिति समक्ष दिएको प्रतिवेदनका आधारमा थप छलफल गरी निष्कर्षमा पुग्न ती निकायलाई बोलाउने निर्णय गरेको हो । 
 
समितिका सभापति सुशीलकुमार श्रेष्ठको अध्यक्षतामा सोमबार बसेको बैठकले तत्कालीन क्यासिनो नेपाल-नेपाल रिक्रिएसन सेन्टरका फरार सञ्चालक राकेश वाद्वालाई पक्राउ गर्न सरकारलाई निर्देशन समेत दिएको छ । 
 
होटल सोल्टीको प्राङ्गणमा रहेको सो क्यासिनो विसं २०६९ साउन महिनादेखि बन्द छ । आर डी टटल र राकेश वाद्वाबीचको विवादले क्यासिनो बन्द भएपछि त्यहाँ कार्यरत करिब एक हजार ६८ मजदुर बिचल्लीमा परेका छन् । 
 
ती मजदूरले आफूलाई तलब उपलब्ध गराइदिन निवेदन दिएकाले समिति सदस्य नरबहादुर थापा मगरको संयोजकत्वमा ओङ्दी शेर्पा, कमला दोङ, कौशर शाह र खड्बहादुर बस्यालको सदस्य रहेको उपसमिति गठन गरेको थियो । सो उपसमितिले २०७३ भदौ ३१ गते समिति समक्ष आफ्नो प्रतिवेदन पेस गरेको थियो । 
 
सो प्रतिवेदनमा पर्यटन मन्त्रालयलाई क्यासिनो नेपालको समस्या समाधानका लागि पहल गर्न भनिएको छ । बैठकमा समितिका सदस्य अष्टलक्ष्मी शाक्यले क्यासिनो बन्द हुँदा मजदुरले रोजीरोटी गुमाउनु परेको हुँदा सरकारले तुरुन्त समस्याको समाधान निकाल्नुपर्ने बताइन् । 
 
समितिका अर्का सदस्य कमला दोङले क्यासिनो बन्द हुँदा सोल्टी होटलले मजदूरलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे। बैठकमा समितिका सदस्य उषा यादव, कमलाकुमारी घिमिरे,उषा यादव र कमला दोङ्ले उपसमितिले दिएको प्रतिवेदनका सुझाव र सरकारी धारणा बुझेर समितिले निर्णय गर्न सुझाव दिएका थिए । समितिको अर्को बैठक असोज ९ गते बिहान ८ बजे बस्नेछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ