arrow

म्यानचेस्टर युनाईटेड रोकियो, सिटी र स्पर्स भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
EPL-premier-league.jpg

काठमाडौं। ईङलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र क्रिष्टल प्यालेसले १-१ अङ्क बाँडेका छन्। पछिल्लो समय लगातार राम्रो लयमा रहेको युनाईटेडलाई प्यालेसले रोकेको छ।

खेलको ४३औं मिनेटमा ब्रुनो फरनान्डेजको गोलले अग्रता लिएको युनाईटेडले दोस्रो हाफको थप समयमा क्रिष्टल प्यालेसका ओलिसेले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए।

म्यानचेस्टर युनाईटेड यो १ अङ्कका साथ लिग तालिकामा तेस्रो स्थानमा रहेको छ। १९ खेलमा ३९ अङ्क रहेको युनाईटेड भन्दा अगाडि म्यानचेस्टर सिटी १८ खेलमा ३९ अङ्क सहित दोस्रो स्थानमा रहेको छ। लिगको पहिलो स्थानमा आर्सनल १८ खेलमा ४७ अङ्क लिएर बसिरहेको छ।

म्यानचेसटर सिटीले बिहीबार टोटेनह्याम हटस्पर्श (स्पर्स)सँग खेल्ने छ। खराब लयमा रहेको टोटेनह्यामसवघ लयमा फर्किन खोजिरहेको सिटीको खेल रोमाञ्चक हुने छ। सिटीको घरेलु मैदानमा हुने खेलमा सिटी हाबी हुने छ भने टोटेनह्यामलाई लय फर्काउनका लागि जित वा बराबरी आवश्यक रहन्छ । लिग उपाधिको दौडमा रहेको सिटीलाई जित आवश्यक रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ