काठमाडौं । कांग्रेस भ्रातृ संगठन नेपाल महिला संघले वुधबार निर्वाचित नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण गर्ने भएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच पद हस्तान्त्रणको तयारी गरिएको प्रवक्ता निर्मला क्षेत्रीले जानकारी दिइन् ।
भरखरै सम्मपन्न तेश्रो राष्ट्रिय महाधिवेशनबाट विजयी नयाँ कार्यसमितिलाई पार्टी सभापति शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागि हुने कार्यक्रम छ । महिला संघमा सभापति देउवा र नेता कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानल विजयी भएको थियो, भने पौडेललाई घाटा लाग्यो ।