arrow

परराष्ट्रमन्त्री प्रकाशशरणले शरणार्थी तथा आप्रवासी बैठकमा के बोले ?

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
prakash-saran-maht.jpg.jpeg
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा भाग लिन भारतबाटै अमेरिका  पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत मंगलबार राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित शरणार्थी तथा आप्रवासी सम्बन्धि उच्चस्तरीय बैठकमा सहभागि भएका छन् । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल महासभामा भाग लिन नगएपछि महतनै सहभागि हुने छन् । महत प्रधानमन्त्रीको भारत भ्रमण सकिएपछि भारतबाटै न्यूयोर्क गएका थिए । 
 
आप्रवासी सम्बन्धि उच्चस्तरीय बैठकमा परराष्ट्रमन्त्री महतले सन् २०३० का दिगो विकासका लक्ष्य हासिल गर्न राष्ट्रका आ–आफ्ना नीतिगत प्राथमिकतालाई जोड दिनुपर्ने बताए । 
 
मन्त्री महतले बहुआयामिक समस्याका रुपमा रहेको शरणार्थी समस्यालाई प्रभावकारी रुपमा त्यसको समग्रतामा पुगेर समाधान गर्नुपर्नेमा मन्त्री महतको जोड रहयो । 
 
‘सबै आप्रवासी शरणार्थी होइनन्, पहिचान गरेर मात्र सम्बन्धित व्यक्तिलाई आप्रवासी वा शरणार्थी भनेर छुट्याउनुपर्छ,–महतको भनाई उदृत गर्दै संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । मन्त्री महत जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा समेत सहभागि भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ