arrow

विद्यालय क्षेत्रमा बम आतंक फैलाउनेलाई कडा कारवाहीको माग

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
EDUCATION-KO-NEWS.jpeg
काठमाडौं । विद्यालय क्षेत्रमा बम आतंक फैलाईएको भन्दै घट्नामा संलग्नहरुलाई तत्काल कडा भन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनल चेतावनी दिएको छ । 
 
बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आजै संयुक्त प्रेस विज्ञप्ती निकालेर विद्यालयमा बम आतंक फैल्याउने अर्थात यस घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।
 
प्रेस विज्ञप्ती लगत्तै रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर  तीनैवटै संगठनका प्रमुखहरुले सम्बोधन गरेका थिए । उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको टिप्पणी गरे । 
 
शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो । सिलवालले यस्ता घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्न नसकेमा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले चन्दा आतंक, संगठन विस्तार जस्ता कुरा रोक्न सम्बन्धित निकायलाई आग्रह समेत गरे । 
 
बम आतंक गराउनमा पढ्नका लागि विदेश विद्यार्थी पठाउन चाहने तत्वको समेत हात रहेको उनको आशंका थियो ।
 
यस्तै, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा  कारबाही गर्न माग गरेका छन् । बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक  रुपमा त्रसित भएको भन्दै शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा  यस्ता  घटना घट्नु दुखद भएको टिप्पणी गरे ।
 
केसीले आगामी दिनमा राज्यले यस्ता घटना नियन्त्रण नगरिए आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप लगाए ।
 
राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्य भएको शाहीको तर्क छ । यस्ता आक्रमण नरोकिए आफुहरु पनि आक्रमणको विरुद्धमा अगाडि बढ्ने उनको चेतावनी छ ।
 
कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले आजको घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालय समक्ष कुरा राखेर  दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ