arrow

चट्याङ लागेर एकको मृत्यु, १० घाइते

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
lightining.jpg.jpeg
जिरी (दोलखा)। मंगलबार दिउँसो करिब २ बजे चट्याङ लागेर यहाँ एक व्यक्तिको मृत्यु भएको छ । दोलखा जुँगुको च्यान डाँडा भन्ने स्थानमा छिमेकीको मलमी गएका स्थानीयवासी ३५ वर्षिय मान बहादुर कार्कीको चट्याङ लागेर घटनास्थल मै मृत्यु भएको हो । 
 
चट्याङमा परी अन्य १० जना घाइते भएका छन् । घाइते हुनेमा तुलबहादुर जिरेल, गणेश जिरेल, पदम जिरेल, टीका केसी, सोम बस्नेत, बद्री खड्का, रामकुमार जिरेल, दिलमायाँ जिरेल लगायतका छन् । 
 
तुलबहादुरको अवस्था गम्भीर रहेको स्थानीयवासीले बताएका छन् । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र इलाका प्रहरी कार्यालय जिरीबाट प्रहरी टोली गइसकेका छन् । 
 
घाइतेको उद्धारका लागि २ वटा बोलेरो गाडीसमेत घटनास्थल पठाइएको इप्रका जिरीका प्रहरी निरीक्षक राजेश कार्कीले जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ