arrow

२४ वर्षपछि वन ऐन संशोधनको तयारी

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
Dense-Pine-Forest-in-Mid-hills-of-Nepal_-Copyright_-Amit-Poudyal-@IUCN-Nepal.jpeg
काठमाडौँ। वन ऐन, २०४९ लाई समयसापेक्ष रुपमा संशोधन गर्न व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा दफावार छलफल सुरु भएको छ । 
 
ऐनको संशोधन सम्बन्धमा सांसद प्रेम सुवाल र अनुराधा थापामगर तथा सांसद राजाराम स्याङ्तानसहित नौजना सांसदले २० बुँदे संशोधनको प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा सांसदहरुले विधेयकको दफावार छलफलमा भाग लिई आफ्ना धारणा राखेका थिए । 
 
बैठकमा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले वनबाट राज्य र जनताले बढीभन्दा बढी लाभ लिन सकून् भनेर ऐनलाई समयसापेक्ष संशोधन गर्न लागिएको बताए । वन अतिक्रमण हटाउन, वैज्ञानिक विधिबाट काठको उत्पादनमा वृद्धि गरी विदेशी काठको आयात विस्थापन गर्न र ढलापडा काठको उचित सदुपयोग गर्न पनि ऐन संशोधनको आवश्यकता परेको मन्त्री भण्डारीको भनाइ थियो । 
 
समितिका सभापति जनकराज चौधरीको अध्यक्षतामा भएको बैठकमा बोल्ने अधिकांश सांसदले विधेयक शीघ्र पारित गरी मुलुकभरका वनमा भएको अतिक्रमण हटाउन र वनको अवस्थामा सुधार ल्याई जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने धारणा राखे । सांसदहरु वीरबहादुर बलायर, पार्वत गुरुङ, कमला विश्वकर्मा, मधु शाही ठकुरीलगायतले छलफलमा भाग लिएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ