कामाण्डौँ। भष्ट्रचार आरोप लागेका बुद्धिष्ट जनअधिकार मञ्च नेपालका तत्कालिन अध्यक्ष श्रीमति सकुन शेरचन र नक्कली महासचिव डा.अमरकान्त चौधरिबाट विगो जरिवाना सहित राज्यले जफत गरेर भूकम्पपिडितलाई प्रदान गर्न बर्तमान नेतृत्वले राज्यसँग माग गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा बुद्धिष्ट जनअधिकार मञ्च नेपालले पत्रकार सम्मेलन गरेर शेरचन र चौधरीले जालसाँजी गरेर संस्था र सदस्यहरूको बद्नाम गरेको भन्दै राज्यले विगो र जरिवाना जफत गरेर भूकम्प पिडीतलाई प्रदान गर्न सरकारसमक्ष माग गरेको हो ।
कार्यक्रममा मञ्चका महासचिव दिपक पुन मगरले पूर्व अध्यक्ष शेरचनले भुकम्पपीडितको नाममा आएको रकम दुरुपयोग गरेको आरोप लगाए । मञ्चद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “विभिन्न जालसाँजी गरेर, १ करोड ६७ लाख ७८ हजार पाँचसय रुपैयाँ ठगि भएको छ ।” दोषी उपर कडा कारवाही होस् र पिडितका नाममा भारत, अमेरीका, मलेसिया लगायतका देशहरू बाट आएको तथ्यगत रकम राज्यद्धारा नै बाँडियोस् ।
मञ्चद्धारा जारी विज्ञप्तिमा अघि भनिएको छ,‘जालसाजी ठगी कागजातमा संसद एवम् निवर्तमान वातावरण मन्त्री विस्वेन्द्र पासवनको समेत हस्ताक्षर रहेको र उक्त गिरोहको समूहमा उपस्थिति र संलग्न भएको तथ्यले हाम्रो संस्थाले गहिरो चिन्ता व्यक्त गर्दछ, मुलुकको महत्वपूर्ण निकाय व्यवस्थापिका संसदमा समावेश व्यक्ति यस्ता ठगिको गिरोहसँग् जोडिएको मोहित नाता देख्दा अचम्मित भएको छ ।’