arrow

समुन्नत समाज निर्माणका लागि संस्कार परिवर्तन आवश्यक : मन्त्री केसी

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
arjunnarshing-kc.jpeg
काठमाडौं। सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जनताले परिवर्तनको अनुभूति गर्नका लागि नेतृत्वकर्ताहरुमा संस्कार परिवर्तन हुनु महत्वपूर्ण रहेकोमा जोड दिनुभएको छ। संस्कार र नियत परिवर्तन नभएसम्म समुन्नत समाज निर्माण हुन नसक्ने मन्त्री केसीको भनाई थियो।
 
मंगलवार राजधानीको बुढानिलकण्ठमा व्रम्हकुमारी राजयोग सेवा केन्द्रको बिश्व परिवर्तनका लागि परमात्मा ज्ञान, राष्ट्रिय सुभारम्भ कार्यक्रमको उद्घाटन गर्दे मन्त्री केसीले आत्मज्ञान र ईश्वरीय ज्ञानले विश्व वन्धुत्व र भाईचारको संवन्ध अभिबृद्धी गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। मन्त्री केसीले समाज,राष्ट्र र विश्वकै सकारातमक परिवर्तनका लागि व्यक्ति स्वयंमा परिवर्तन हुनुपर्नेमा समेत जोड दिए।
 
कार्यक्रममा व्यवस्थापिका संसद सदस्य दिपक खड्का, व्रम्हकुमारी ईश्वरी अन्तराष्ट्रिय बिद्यालय माउण्ट आवुकी राजयोगिनी उर्मीला, व्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालकी प्रमुख राजयोगिनी राजदिदीले परमात्मा ज्ञान र त्यसमार्फत व्रम्हकुमारी राजयोग सेवा केन्द्रले पुर्‍याएको योगदानको चर्चा गरेका थिए।
 
कार्यक्रममा व्रम्हकुमारी राजयोग सेवा केन्द्रका विश्वभर १० हजार सेवा केन्द्रमा १० लाख भन्दा बढी र नेपालमा एकहजार पाँचसय सेवा केन्द्रमा एकलाख भन्दा बढी अनुयायीहरु संलग्न रहेको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ