arrow

आफ्नै सहकर्मी बिरुद्ध खनिए प्राधिकरणका डिएमडीहरु, अदालतमा हाले मुद्धा

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
NEA.jpg.jpeg
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशकहरू कार्यकारी निर्देशक विरूद्ध पछिल्लो समय खुलेर विरोधमा उत्रिएका छन् । केही दिन अघि बोलाएको बैठकमा अनुपस्थित भएका उपकार्यकारी निर्देशकहरू घिसिङ विरूद्ध अदालत पुगेका छन् । उपकार्यकारी निर्देशकहरू शेर सिंह भाट, कह्नैया भाट र सुरेन्द्र राजभण्डारी अहिले कार्यकारी निर्देशकलाई कुनैपनि हालतमा सहयोग नगर्ने रणनीतिका साथ अघि बढीरहेका हुन् । 
 
उनीहरूले यसै रणनीति अनुरूप मंगलबार सर्वाेच्च अदालतमा कार्यकारी निर्देशकको नियुक्ति विरूद्ध मुद्दा दायर गरेका हुन् । उनीहरूले सामान्य प्रक्रिया पनि पूरा नगरेको र नियम मिचेर सरकारले कार्यकारी निर्देशक नियुक्त गरेको आरोप लगाएका छन् ।
 
सर्वाेच्चमा मुद्दा दायर गर्नेमा प्राधिकरणका उत्पादन विभाग निर्देशनालयका उपकार्यकारी निर्देशक शेरसिंह भाट, योजना कार्यन्वयन निर्देशनालयका उपकार्यकारी निर्देशक सुरेन्द्रराज भण्डारी, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक कनैयाकुमार मानन्धर र तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध निर्देशक सुनीलकुमार ढुङेल रहेका छन् । उनीहरु प्राधिकरणमा १२औं तहमा कार्यरत छन् ।
 
प्राधिकरणका कार्यकारी निर्देशकमा तात्कालीन मुकेशराज काफ्लेले राजीनामा दिएपछि सोही पदमा नियुक्त भएका कुलमान घिसिङलाई असहयोग गरेको भन्दै प्राधिकरणका एकाथरी कर्मचारीहरू रूष्ट बनेका छन् । 
 
राजनीतिक नियुक्तीबाट पूर्ति हुने उक्तपदमा लामोसमयदेखि विद्युत प्राधिकरणमा का मगर्दैआएका घिसिङले आफ्नो पूर्व पदबाट राजीनामा दिएर विधिवत रूपमा नियुक्त भएपनि प्राधिकरणका केही उच्चपदस्थ कर्मचारीहरूले नियोजित रूपमा कार्यकारी निर्देशकमाथि असहयोग गरेको माओबादी निकट कर्मचारीहरूको संस्था राष्ट्रिय कर्मचारी संगठन विद्युत प्राधिकरण शाखाका अध्यक्ष सीताराम थापाले आरोप लगाए । 
 
कार्यकारी निर्देशक कुलमान घिसिङले बोलाएको बैठकमा अनुपस्थित भएर उपकार्यकारी निर्देशकहरूले खुलेहाम कार्यकारी निर्देशकलाई असहयोग गरेको उनको आरोप थियो । केही दिन अघि मात्रै घिसिङले बोलाएको बैठकमा उपकार्यकारी निर्देशकहरूले बहिस्कार गरेका थिए । 
 
अध्यक्ष  थापाले हाम्रा कुरासँग भने हामीले अहिले यस्तो कार्यकारी निर्देशक पाएका छौं । जसले वर्षाैदेखि गाँजीएको प्राधिककरणको कलुसितता मेटाउन सक्नेछन् । तर विडम्बना प्राधिकरणमा अनियमितता गरेर हालिमुहाली गर्न पल्किएकाहरूको यहाँ छटपटी सुरू भएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ