arrow

संविधानबारे भारतसँग छलफल गरिएकोमा एमालेको आपत्ति (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौँ । नेकपा (एमाले)को आज बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा संविधानसँग सम्बन्धित विषयलाई भारतसँग द्विपक्षीय छलफल र संयुक्त वक्तव्यको विषय बनाएकोमा गम्भीर आपत्ति जनाएको छ । 
मंगलबार एक विज्ञप्ति जारी गर्दै एमालेले नेपालको आन्तरिक मामलामा अनावश्यक बाह्य चासो निम्त्याइएको र सबै अन्तर्रा्ष्ट्रिय सङ्घ–संस्था एवं मञ्चमा भारतसँग निकट समन्वय गर्ने एवं प्रमुख अन्तर्राष्ट्रिय मामलामा भारतसँग समान धारणा राख्ने भन्ने प्रावधान वक्तव्यमा उल्लेख गरेर नेपालको स्वतन्त्र विदेश नीतिलाई परास्रित गराइएको भन्दै एमालेले आपत्ति जनाएको हो ।  
 
नेपालले छिमेकीलगायत सबै मित्रराष्ट्रसँग विगतदेखि नै संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा सम्बन्ध विकसित गर्दै आएको छ, विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले कूटनीतिमा अन्यथा अर्थ लाग्ने गरी विशेष दूत खटाउने, प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा कतिपय मर्यादा–असङ्गत भेटघाट तथा अभिव्यक्ति दिनेजस्ता बिषय र भ्रमणको सन्दर्भमा जारी संयुक्त वक्तव्यका कतिपय प्रावधानले नेपालको उपरोक्त नीति र परम्परामाथि आँच पु¥याएको छ ।’ 
 
द्विपक्षीय पक्षीय सहयोगमा सञ्चालित परियोजनाको अनुगमनका लागि नेपाल सरकार र भारतीय दूतावासका उच्च अधिकारी सम्मिलित संयुक्त संयन्त्र बनाउने कुरा पनि मर्यादा सुहाउँदो नभएको ठहर गर्दै इन्धन आपूर्तिका लागि भारतसँग पाइप लाइनसम्बन्धी सम्झौताका कुनै पनि प्रावधानले नेपालको स्वतन्त्र व्यापारको अधिकार र व्यापार विविधीकरणलाई नियन्त्रित गर्दै एकपक्षीय निर्भरतामा सीमित नगरियोस् भन्ने बिषयमा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । 
 
मंगलबार बसेको स्थायी कमिटी ४४औँ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भोलीदेखि सुरु हुने केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पेस गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ