- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। ईङलिश प्रिमियर लिग फुटबलको अङ्क तालिकामा आर्सनलको पहिलो स्थान कायमै रहेको छ। म्यानचेस्टर युनाईटेड विरुद्धको खेलमा ३-२ गोलले विजयी हुँदै आर्सनलले उपाधी दौडमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग पाँच अङ्कको दुरी बनाएको छ। आर्सनलले सिटी भन्दा १ खेल कम खेलेको छ।
आर्सनल १९ खेलमा ५० अङ्क सहित पहिलो स्थानमा रहेको छ भने सिटी २० खेलमा ४५ अङ्क सहित दोस्रो स्थानमा रहेको छ। त्सयैगरि २० खेलमा ३९ अङ्क सहित न्युक्यासल युनाइटेड तेस्रो स्थानमा रहेको छ भने २० खेलमा ३९ अङ्क सहित म्यानचेस्टर युनाईटेड चौथो स्थानमा रहेको छ।
आर्सनल-म्यानचेसटर युनाइटेड
आर्सनलले म्यानचेस्टर युनाईटेडलाई ३-२ गोलले पराजित गरेको छ। खेलको १७औँ मिनेटमा युनाईटेडका राशफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। आर्सनलका एनकेथियाले २४औँ मिनामा गोल फर्काउँदै खेल बराबरीमा पुर्याएका थिए। त्यसैगरि खेलको ५३औँ मिनेटमा शाका ले गोल गर्दै आर्सनललाई २-१को अग्रता दिलाएका थिए।
आर्सनलको अग्रता धेरै समय टिक्न सकेन र युनाइटेडका मार्टिनेजले गोल गर्दै खेललाई २-२को बराबरीमा ल्याएका थिए। खेलको ९० औँ मिनेटमा आर्सनलका एन्केथियाले गोल गर्दै आफ्नो टोलीलाई विजयी बनाएका थिए।
म्यानचेस्टर सिटी-वुल्व्स
एर्लिङ ल्याण्डको ह्याट्रिकले सिटीले वुल्व्सलाई ३-० गोलले पराजित गरेको छ। खेलको ४०, ५० र ५४औँ मिनेटमा गोल गर्दै हल्याण्डले आफ्नो ह्याट्रिक पुरा गरेका थिए। उनको दोस्रो गोल पेनाल्टी मार्फत रहेको थियो। ।