arrow

दक्षिण अफ्रिका कडा संघर्षमा

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
south africa.jpg.jpeg
एजेन्सी । भारतविरुद्धको चौथो तथा अन्तिम टेष्ट क्रिकेटमा दक्षिण अफ्रिका संघर्षरत छ । पहिलो र तेस्रो टेष्ट गुमाएको दक्षिण अफ्रिकालाई यो टेष्ट जित्नै पर्ने दबाब छ । यद्यपि, दक्षिण अफ्रिकी प्रदर्शन धरमराइरहेको छ । दिल्लीमा जारी खेलमा दक्षिण अफ्रिकालाई कडा चुनौती छ ।
 
पहिलो इनिङ्गमा हाल सम्मकै खराब प्रदर्शन गरेको दक्षिण अफ्रिकाले ८ विकेट बाँकी छँदा ४ सय ९ रन बनाउनु पर्ने छ । पहिलो इनिङ्गमा मात्र एक सय २१ रनमै समेटिएको दक्षिण अफ्रिकाले दोस्रो इनिङ्गको सुरुआती ७२ रन जोड्दा २ विकेट गुमाइसकेको छ ।
भारतले पहिलो इनिङ्गसमा तीन यि ३४ रन बनाउँदा दोस्रो इनिङ्ग दुई सय ६७ रनमा डिक्लियर गरेको थियो । यी दुईबीचको चार खेलको टेष्ट श्रृंखलामा दोस्रो टेष्ट रद्द हुँदा पहिलो र तेस्रोमा भारत विजयी भएको छ । चौथो टेष्ट समेत भारतले जिते दक्षिण अफ्रिकाले सस्तैमा श्रृंखला गुमाउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ