arrow

बहुलाहा कुकुरको टोकाइबाट दुईको मृत्यु

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
mad-dog.jpeg
रोल्पा । रोल्पाको सिर्प गाविसमा बहुलाहा कुकुरको टोकाइबाट दुई जनाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा सिर्प–५ सीमेगिठाका ६५ वर्षीय करे पुनमगर र ५३ वर्षीय हिराबहादुर पुनमगर रहेका छन् । करेको घरमै मृत्यु भएको हो ।
 
 उनलाई बहुलाहा कुकुरले टोकेको थियो । 
 
त्यस्तै बहुलाहा कुकुरले टोक्दा घाइते भएका हिराको उपचारका लागि बुटवल लैजाँदै गर्दा गता असोज २ गते मृत्यु भएको हो । 
 
स्थानीय नेमबहादुर खड्का अनुसार बहुलाएको कुकुरले एकै दिन छ महिलासहित ११ पुरुष र छवटा चौपायलाई टोकेको थियो ।
 
 बहुलाहा कुकुरले टोकेपछि घाइते केहीले सुलिचौरस्थित नेसनल मेडिकलमा रेविजविरुद्धको भ्याक्सिन लगाएका थिए । 
 
स्थानीयले गाउँका ४५ वटा कुकुर मारेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका सिनियर अहेव मोटिम आलमका अनुसार घाइतेलाई ‘रि–भ्याक्सिन’का लागि बुधबार स्वास्थ्य केन्द्र बोलाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ