काठमाडौं । भारतका पूर्व क्रिकेटर अजय जडेजा नेपालमा हुँदै गरेको प्रिमियर लिग इपिएल क्रिकेटका लागि विशेष अतिथिको रूपमा नेपाल आउने भएका छन् । यही असोज ८ गते देखि १७ गते सम्म हुने इपिएलका लागि जडेजा आउन लागेका हुन् ।
अजय जडेजाले १५ टेस्ट र १ सय ९६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी असोज १५ गते नेपाल आउने छन् र ३ दिन काठमाडौंमा बसेर प्रतियोगितासँग जोडिने छन् ।
कुनै समय जडेजा र सचिन तेन्दुलकर मिलेर निकै राम्रो साझेदारीसमेत गर्दथे ।
टी–२० संरचनाको प्रतियोगितामा पञ्चकन्या तेज, विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, कान्तिपुर गोर्खाज, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्स गरी ६ टिमले प्रतिस्पर्धा गर्दै छन् ।
शनिबार असोज ८ गते हुने उद्घाटनमा गायक दीपक बज्राचार्यले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजक जोहरा इन्टरनेशनलले जनाएको छ ।