arrow

वीपीका नाति सिद्धार्थ यो के गर्दैछन् ?

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
siddhartha-koirala.jpeg
काठमाडौं। नेपाली काँग्रेसको इतिहासमा यदि कसैको सबैभन्दा ठूलो देन छ भने ती व्यक्ति हुन् जननायक वीपी कोइराला । कोइरालाको नीतिमा सधै चलिरहेको भनेर काँग्रेस नेताहरुमात्र भन्दैनन् तिनी वीपीको मेलमिलापको नीतिको चर्चा कम्युनिष्टहरु पनि गर्छन् । कोइरालाको परिवार र काँग्रेस एक अर्काको पर्याय झै छ। सकारात्मक रुपमा लिने हो भने कोइराला परिवारमा वीपीको रगत छ । आदर्श छ । राजनीति छ । त्याग छ । 
 
त्यसैले पनि वीपी कोइरालाको परिवारमा जोकोही राजनीतिमा होमिदा स्वभाविक भनिन्छ । अहिले तिनै वीपीका नाति सिद्धार्थ कोइरालाले नेपाल तरुण दलमार्फत राजनीतिमा होमिने लक्षण ल्याएका छन् । लामो समयदेखि तदर्थवादमा चलेको तरुण दललाई नयाँ नेतृत्वको खाँचो रहेको औल्याइँदा सिद्धार्थ राम्रो विकल्प हुनसक्ने आँकलनसमेत गरिएको छ ।
 
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खेमामा उनको चर्चा अहिले एक्कासी ह्वात्तै बढेको छ। तर उनी आफ्नो दावीलाई मजबुद पार्नुको सट्टा नेताहरुको दैलौ धाउनुलाई भने धेरैले चित्त बुझाएका छैनन्। त्यसमाथि काँग्रेस सभापति शेरबहादुर देउवाको द्धारमा कुरेर बस्नुलाई भने राम्रो मानिएको छैन्। यो उनको रणनीति हुन सक्छ कि आफ्नो खेमा पनि मिलाउने र देउवालाई पनि अग्रिम सघाउन भनेसंगै सहजै सर्वसम्मत हुने वा भारी मतले जित हासिल गर्ने । तर त्यो भनेको पछिको कुरा हो । भदौ २३ देखि २५ गतेसम्म पोखरामा हुने भनिएको तरुण दलको महाधिवेशन कार्तिक २७ देखि २९ गतेसम्म हुने भएको छ । 
 
समय बाँकी नै छ । तर उनले आफ्नो प्रभावलाई तीव्र पार्नु त कता हो अहिले नै गएर देउवाको निवासमा घण्र्टौ कुरिरहँदा आफ्नै खेमाका कार्यकर्ता पनि भड्किन सक्छन्  भन्ने उनले ख्याल गरेनन्। यदि साँच्चिकै सिद्धार्थले राजनीति गर्ने हो भने केही सिक्नु जरुरी छ । 
 
नेपाली काँग्रेसका संस्थापक वीपीको नातिपुस्ताले राजनीतिमा त्यति चाँसो नदिइरहेका बेलामा सिद्धार्थले तरुण दलको नेतृत्व सम्हाल्ने आकांक्षी देखिंदा भने उनलाई नेपाली काँग्रेसमा प्रवेश गर्ने एक राम्रो अवसरसमेत बन्न सक्छ। यही आँकलन र विश्लेषणका साथ कोइराला परिवार उनलाई तरुण दल मार्फत काँग्रेसको मुलधारको राजनीतिमा प्रवेश गराउन चाहिरहेको छ। वीपीपुत्र प्रकाश कोइरालाका छोरा सिद्धार्थ चलचित्र अभिनेता हुन्। उनले भारतमा केही चलचित्रमा अभियन गरेका छन् । उनी बलिउड नायिका मनिषा कोइरालाका भाइ हुन् । अरुले महामन्त्रीमा लड्ने बताइरहँदा सिद्धार्थले भने परेका खण्डमा नेतृत्व सम्हाल्न पनि सक्ने गरी तरुण दलमा जान लागेको बताएका छन् । यसको मतलव उनी परेको खण्डमा अध्यक्षमा पनि सम्भावित उमेद्वार हुन्। उनी सुनसरीबाट तरुणदलको महाधिवेशन प्रतिनिधि भएर आएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ