arrow

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीद्वारा बिरोध, प्रहरी हस्तक्षेप

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
Police_yatayat_Bibhag.jpeg
कठमाडौं। यातायात व्यवस्था कार्यालय ललितपुरमा कम्प्युटर सर्वरले काम गरेन भन्दै काम ठप्प पारेपछि सेवाग्राहीहरुले बिरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले केही सेवाग्राहीहरुलाई हातपात गर्दै प्रहरी भ्यानमा हालेको छ। 
 
धेरै समयदेखि यातायात ब्यवस्था बिभागमा सवारी चालक अनुमति पत्र (लाईसेन्स) सम्बन्धि कामका लागि जानेले हैरनी ब्योहोर्नु परेको छ। बिहान ३ बजेदेखि लाईसेन्सको फर्म भर्न लाम लागेका सेवाग्राहीलाई ९:३०मा आएर कम्प्युटर सर्भर बिग्रयो भनेर कार्यलय बन्द गरेपछि सेवाग्राही आक्रोशित हुन पुगेका हुन्। 
 
आक्रोशित सेवाग्राहीहरुले धेरै जसो सर्भर बिग्रिने बहाना बनाउने र पैसाको चलखेल गरेर लाईसेन्स बितरणमा गर्ने आरोप लगाएका छन्। आक्रोशित सेवाग्राहीहरुलाई रोक्न प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरी हस्तक्षेपमा केही सामान्य घाईते भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ