arrow

काँग्रेस सभापति देउवाले सरकारसँग माग गरेपछि.......

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
Sher.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं सरकारमा रहेको प्रमुख एवं महत्वपुर्ण घटकका प्रमुख शेरबहादुर देउवाले हिजो काठमाडौं एवं ललितपुरका विद्यालयहरुमा भएको बम बिष्फोटको कार्यमा सरकारसँग कार्वाहीको माग गरेपछि सामाजिक संजालमा तरंग उत्पन्न भएको छ। 
 
देउवाले ट्विट गरेका थिए-  'विश्व शान्ति दिवसको उपलक्ष्यमा शुभकामना । शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयहरुमा भएको घटना अत्यन्त निन्दनीय छ । कार्वाहीको माग गर्छु ।' 
 
उनको उक्त ट्विटमा सरकारमा काँग्रेसको गृहमन्त्री हुँदा हुँदै माग गर्नु भनेको कस्तो खालको माग हो भनेर प्रश्न एव टिका टिप्पणी हुन् थालेको छ। अहिलेको सरकारको प्रमुख घटकका सभापतिले माग गर्नु पर्ने स्थिती राष्ट्रकालागि राम्रो संकेत होईन भन्ने खालका टिप्पणी पनि भएका छन्। 
 
केही ट्विटर प्रयोगकर्ताहरुले मजाक बनाएका छन् भने केहीले उनको उक्त ट्विटलाई हाम्रो कानुनको शासन कता जाँदैछ भनेर प्रश्न गरेका छन्।  केहीले भने २ अभियुक्तले अपराध स्विकारिसकेको अवस्थामा कस्लाई कार्वाहीको माग राखेका हुन् बुझ्न नसकेको लेखेका थिए। 
 
नेपाली जनताको बेवसीको फाईदा नउठाउन भन्दै 'हाम्रो बेबसीको फाइदा उठाउदै छौ बिद्यालय राखेको बम एक दिन तिमीहरुको घरमा पनि पढ्किन्छ ।' ट्विट गरेका छन्। 
 
देउवालाई ईंगित गर्दै कसैले लाज र नैतिकताको प्रश्न पनि उठाएका छन्। 
 
हेरौं केही प्रतिक्रियाहरु: 
 
काँग्रेस सभापतिको ट्विट:
विश्व शान्ति दिवसकाे उपलक्ष्यमा शुभकामना । शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयहरुमा भएको घटना अत्यन्त निन्दनीय छ । कार्वाहीकाे माग गर्छु ।— Sher Bahadur Deuba (@DeubaSherbdr) September 21, 2016
 
केही प्रतिक्रियाहरु:
@DeubaSherbdr कसले गर्ने कारवाही सरकार संचालन गर्ने नै आतंककारी भएपछी सब एउटै ड्यांगको मुला त होनि ।। @bishodip pic.twitter.com/4jOvUeDN3E
 
 RAAZa (राजा) (@liebedichalle) September 21, 2016
 
@DeubaSherbdr आफ्नै पार्टी सरकारमा छ क्यार कारवाहिको माग के सँग गर्या?
 
कि टुविटेसँग हो?
टुविटेले टुविट गर्छन् कारवाहि हैन। माग ठाँउमा राखौं।
 
डट बहादुर (@dotbahadur) September 21, 2016
 
@DeubaSherbdrहाम्रो बेबसी को फाइदा उठाउदै छौ बिधयलय राखे को बम एक दिन तिमी हरु को घर मा पनी पढ्कीन्छ ।
 
म नेपाली मेरो नेपाल (@becky_panday) September 21, 2016
 
@DeubaSherbdr हामी तपाईंको भरमा, तपाईं पशुपतिनाथको भरमा। लौ पशुपतिनाथ वहाँको माग पुरा गरिदिनुुपार्‍यो।
 
फिरन्ते (@firantebabu) September 21, 2016 @DeubaSherbdr नालायकी पनको पराकास्ट ।
 
Chudamani (@Manzilgautam) September 21, 2016 @DeubaSherbdr do u have any shame or morality???
 
NS(Normal saline) (@dneroz13) September 21, 2016



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ