arrow

उपराष्ट्रपति पुन फिर्ता

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
Nanda-Bahadur-Pun-firta-news.jpeg
काठमाडौँ । असंलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला जानुभएका उपराष्ट्रपति नन्दबहादुर पुन स्वदेश फर्किएका छन् । भदौ २९ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भेनेजुएला प्रस्थान गर्नुभएका उपराष्ट्रपति पुन वुधबार बिहान स्वदेश फर्किएका हुन् । 
 
उपराष्ट्रपति पुनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली, कृषिमन्त्री गौरीशङ्कर चौधरी, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव र सरकारका वरिष्ठ अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । 
 
स्वागतमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उपराष्ट्रपति पुनले नाम सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखको यही असोज १ र २ गते मार्गारिता टापुमा भएको उक्त शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए । 
 
उपराष्ट्रपति पुन भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो मोरोसले शिखर सम्मेलनमा सहभागी सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा समेत सहभागी भएका थिए । बैठकमा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट संयुक्त राष्ट्र सङ्घका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्यालले नेतृत्व गरेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ