arrow

द्वन्द्वकालका यौन हिंसाको उजुरी गर्न सहज वातावरण चाहियो

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
Sex-Voilence.jpeg
काठमाडौँ । द्वन्द्वकालका यौन हिंसाको उजुरी गर्न वातावरण सहज हुनुपर्नेमा पीडित पक्षले सरकारसँग माग गरेका छन् । 
 
द्वन्द्वकालका यौन हिंसामा संलग्न पीडक पहिचान गरी उनीहरुलाई कारबाहीको दायरमा ल्याउन तत्काल पहल गर्नुपर्ने, हिंसा प्रभावितका लागि सहयोग गर्नुपर्ने र न्यायको सुनिश्चितताका लागि जिम्मेवार संयन्त्र बनाइनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा उनीहरुले जोड दिएका थिए । 
 
अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा महिला पुनःस्थापना केन्द्र ओरेक, महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जाल, महिलाका निम्ति महिलामञ्च नेपाललगायत संस्थाको आयोजनामा भएको कार्यक्रममा पीडितहरुले आफुहरुलाई मनोसामाजिक सहयोग तथा स्वास्थ्य उपचारका लागि निःशुल्क र दीर्घकालीन सेवा उपलब्ध गराइदिनुपर्ने पनि माग गरे । 
 
ओरेक अध्यक्ष रेणु अधिकारीले सरकारले द्वन्द्वकालमा यौन हिंसा पीडितको दिगो जीविकोपार्जनको व्यवस्थासहित समाजमा आत्मसम्मानका साथ जीवनयापन गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने बताइन् । 
 
‘यौन हिंसा पीडित महिलाको न्याय सुनिश्चितताः दिगो शान्तिको आधार’ भन्ने नाराका साथ यौनहिंसाबाट पीडित तथा महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले भृकुटीमण्डपबाट बानेश्वरस्थित संविधानसभा भवनअघिसम्म पदयात्रा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ