arrow

ट्रक खस्दा ५ जना घाइते, २ को अवस्थामा गम्भीर

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ असोज ५ बुधबार
Pachthar.jpeg.jpeg
पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथको फिदिम राँके सडकखण्ड अन्र्तगत फिदिम स्थित लालीखर्कमा भएको सवारी दुर्घटनामा परेर ५ जना घाईते भएका छन् ।
 
घाइते मध्ये २ जनाको अवस्था चिन्ताजनक छ । सख्त घाइते जनकल्याण माविमा कार्यरत शिक्षिका फिदिम २ निवासी सुन्दरी पोख्रेल, ट्रकका सहचालक विशाल मैनालीलाई थप उपचारका लागि झापाको विर्तामोडस्थित सी एण्ड सी हष्पिटल लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको
छ 
 
अन्य घाइते सुम्निमा निमावि कार्यरत फिदिम ३ निवासी मंजुमाँया नेम्बाङ्ग,फिदिम निवासी प्रेमराज नेम्बाङ्ग,र रानीटारका मन बहादुर राई छन् । उनीहरुको फिदिम स्थित पाथीभरा हष्पिटलमा उपचार भइरहको प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले जानकारी दिए । 
 
फिदिम बाट विर्तामोड जाँदै गरको ना ३ ख २३४७ नम्बरको ट्रक सडकबाट झण्डै ५० मिटर तल खस्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ