arrow

४८ करोड भत्ता वितरण

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
Jhapa-hamrakura.jpg.jpeg
भद्रपुर। जिल्ला विकास समितिले आव २०७२/७३ मा ५३ हजार ३६९ जनालाई रु ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । 
 
ज्येष्ठ नागरिक २८ हजार ३०० लाई ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक (दलित) १ हजार ७७२ लाई  १ करोड ५ लाख ६ हजार, विधवा १४ हजार ४५ जनालाई  ८ करोड ४० लाख, पूर्ण अपाङ्गता भएका ९ सय ६४ जनालाई  १ करोड १४ लाख १२ हजार र आंशिक अपाङ्ग ८० जनालाई रु ४ लाख १२ हजार वितरण गरेको छ । 
 
यसैगरी अतिअशक्त ४ सय २५ जनालाई  २६ लाख ५६ हजार, लोपोन्मुख आदिवासी/जनजाति २ हजार २ सय १४ जनालाई ५ करोड ३८ लाख ८० हजार र पाँच वर्ष मुनिका दलित बालबालिका १ हजार ५ सय १० जनालाई  ५१ लाख ३७ हजार भत्ता वितरण गरेको कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ