arrow

१८ महिनाको बच्चा–जसलाई २६ राष्ट्रको मुद्रा र विश्वको ७ आश्चर्यबारे थाहा छ !

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
18-month-baby.jpeg
काठमाडौं । १८ महिनाको बच्चाले के–के सम्म थाहा पाउन सक्ला ? आफै अनुमान गर्नुहोस् । आमा, बुबा र यस्तै दुईचार वटा शब्द उच्चारण गर्न सक्ला । यो तपाई हाम्रो सामान्य अनुमान मात्रै हो । तर, भारतको नागपुरकी अद्भिका बली मात्र १८ महिना पुगिन् । उनमा अस्वभाविक वौद्धिक क्षमता छ । 
 
अद्भिकालाई २६ राष्ट्रको मुद्रा कुन हो भन्ने थाहाँ छ । त्यतिमात्र होइन अद्भिकालाई विश्वका ७ आश्चर्यबारे  पनि थाहा छ । उनी विश्वको सात आश्चार्य चिन्न सक्छिन्। साथै ती आश्चर्यहरु कुन मुलुकको हो भन्ने पनि अद्भिकाले छुट्याउन सक्छिन् । 
 
अद्भिकाले जनावारहरुको अंग्रेजी नामलाई सजिलै मराठीमा उल्था समेत गर्न सक्छिन् । अद्भिकाकी आमा अशाभरीले अद्भिका घिस्रन थालेदेखि नै आफुले उनलाई अक्षर, फलफुल र जनावरहरु भएको चार्ट देखाउन थालिसकेको बताइन् । 
 
अशाभरीले अद्भिका ८ महिना पुगेपछि उनलाई राष्ट्रहरुको मुद्रा र विश्वको आश्चार्यबारे सिकाउन थालेको बताएकी छन् । १० महिना पुगेपछि अद्भिका शरीरको सबै अंगहरु चिन्न सक्ने भएकी उनका बुवा सागरले स्थानीय संचारमाध्यमलाई बताए । सागरले अद्भिका नयाँ ज्ञानको भोगी रहेको समेत बताएका छन् । –एजेन्सीको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ