arrow

मोर्चाको दिल्ली भेटपछि तीन दल तातिए, सदनबाटै समाधान खोज्न सहमत

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
Three Party.jpg.jpeg
काठमाडौं । मधेसमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाका नेताहरु दिल्ली दौडाहामा रहेका बेला मुख्य तीन दलले मोर्चा फकाउने रणनीति बनाएका छन् । उनीहरुले व्यवस्थापिका संसदको अवरोध हटाउन साझा धारणा बनाएका छन् । मोर्चालाई फकाउने साझा धारणाबाट विचलित नभएको दर्शाउन शीर्ष तीनदल रणनीतिक रुपमा अघि बढेका हुन् । 
 
सभामुख ओनसरी घर्तीले सोमबार बिहान डाकेको शीर्ष तीन दलको बैठकमा सदनको अवरोध हटाउनेबारे छलफल भएको छ । बैठकमा नेताहरुले मोर्चालाई सहमतिको मिलन विन्दु सम्म ल्याएर संसदको अवरोध हटाउने निर्णय गरेका हुन् । मधेस आन्दोलन र नाकाबन्दीको मारमा परेको नेपाली जनजीवनलाई सामान्य बनाउन सदको छलफललाई तिब्रता दिने र सदनबाटै समस्या समाधानको उत्तम विकल्प खोज्न तीन दल सहमत भएका छन् । मोर्चाका नेताहरुको दिल्ली भेटघाटकै समयमा तीन दल तातिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मोर्चाका काठमाडौंमा उपलब्ध नेताहरुसंग अवरोध हटाउनेबारे तीन दलका नेताले छलफल गर्दै छन् । 
 
मधेसी मोर्चाले आफ्ना ११ बुँदे माग नपुरा गर्न भन्दै लगातार संसद अबरुद्ध गर्दै आएको छ । केही दिन अघि मोर्चाका नेताहरुसंगको छलफलमा तीन दलले मोर्चाकै सहकार्यमा संविधान संशोधन प्रक्रिया अघि बढाउने र राजनीतिक समितिबाट सीमाङ्कन हेरफेर गर्ने प्रस्ताव राखेका थिए । मोर्चाका नेताहरुले दलहरुको साझा प्रस्ताव पूर्ण नभएको तर्क गर्दै दिल्ली भेट तय गरे । दलहरुको प्रस्तावले तर्किएका उनीहरुले दिल्ली भेटघाटमा आफुहरुको माग स्थापित गर्न सहयोगको याचना गरेका छन् । जवाफमा भारतले आन्तिरिक मामिलाको उपयुक्त माध्यम राजनीतिक छलफल र सहमति नै हो–भनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ