arrow

आक्रमणको बलियो र छिटो जवाफ दिने नेतान्याहूको वाचा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
israel-attack-security.jpg

जेरुसेलम । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विगत दुई दिनमा जेरुसेलममा प्यालेस्टेनीहरूले दुईवटा छुट्टाछुट्टै आक्रमण गरेपछि बलियो र छिटो जवाफ दिने वाचा गरेका छन् ।

इजरेली सेनाले कब्जा गरेको वेस्ट बैंकमा गरेको आक्रमणमा नौ जनाको मृत्यु भएपछि नेतान्याहूले उक्त वाचा गरेका हुन् । सुरक्षा मन्त्रिपरिषद्को बैठक अघि उनले आतंकसँग लड्न नयाँ उपायहरू खोज्ने बताएका थिए ।

इजरेली सेनाले पनि कब्जा गरेको वेस्ट बैंकमा सेनाको संख्यालाई सुदृढ गर्ने बताएको छ । वेस्ट बैंकमा इजरेली सेनाले १० प्यालेस्टाइनीको हत्या गरेका उक्त क्षेत्रका अधिकारीहरूले बताएका छन् । 

उत्तरी सहर जेनिनको भीडभाड शरणार्थी शिविरमा छापा मार्ने क्रममा वेस्ट बैंकमा विस्फोट र आक्रमणमा उनीहरुको मृत्यु भएको हो । विस्फोटपछि  सडकहरूमा बन्दुकको गोली चलेको आवाज सुनिएको थियो ।

९ जनाको मृत्यु आतंकवादविरोधी अभियानका रुपमा गरिएको कारबाहीमा भएको इजरेली सेनाले जनाएको छ । 

यसैबीच, पूर्वी जेरुसेलममा प्रार्थनासभामा भेला भएका व्यक्तिमाथि एक प्यालेष्टिनी बन्दुकधारीले आक्रमण गर्दा सात जना मारिएका छन् भने तीन जना घाइते भएका छन् । 

नेभ याकोभस्थित प्रार्थनास्थलमा भएको हमलामा ७ जना मारिएका प्रहरीले जनाएको छ ।  प्रहरीले सो आक्रमणलाई आतंकवादी भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ