काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले शनिबार केन्द्रीय सचिवालयको बैठक आब्हान गर्ने निर्णय गरेको छ ।
वुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यलय बैठकले संगठन सम्बन्धि निर्णय लिन केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरेको हो ।
बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘आज बसेको केन्द्रीय कार्यालयको बैठकमा संगठनबारे छलफल भयो । संगठनात्मक विषयबारे निर्णय लिन आउँदो शनिबार केन्द्रीय सचिवालयको बैठक बोलाउने निर्णय गरिएको छ ।’
भूषाले छलफलका क्रममा भएका अन्य विषयहरु उल्लेख गरिनन् । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुले मंगलबार उठाएका विषयहरु प्रष्ट्याएका बताइएको छ । मंगलबार अख्तियारले लडाकुको रकम हिनामिना भएकोबारे थाल्ने भनिएको छानविनबारे सदस्यहरुले अध्यक्षलाई प्रस्ट्याउन भनेका थिए ।
केन्द्रीय सचिवालयको बैठक असोज ८ गते बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।