arrow

ओलम्पिक कंग्रेस पुसमा, रियो सहभागिता सफल भएको ठहर

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
Olampic-congres.jpeg
काठमाडौं । नेपाल ओलम्पिक कमिटीले पुसमा दोस्रो एनओसी नेशनल ओलम्पिक कंग्रेस गर्ने भएको छ । पुस १ र २ गते काठमाडौंमा दोस्रो ओलम्पिक कंग्रेस गर्न लागिएको हो । 
 
त्यसैगरी मंसिर ३० गते नेपाल ओलम्पिक कमिटीको नवौं साधारणसभा हुने भएको छ । वुधबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
 
आठौं साधारणसभा तयारीका लागि एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा एक समिति बनेको छ । सो समितिको सदस्यमा एनओसीका महासचिव लामा टेन्डी शेर्पा, कोषाध्यक्ष रतन टन्डन, सहमहासचिव राजीव श्रेष्ठ, दीपकहर्ष बज्राचार्य, सुनिल श्रेष्ठ र रमेश श्रेष्ठ छन् । 
 
त्यसैगरी दोस्रो एनओसी नेशनल कंग्रेसको तयारीका लागि एनओसी उपाध्यक्ष ज्योती राणाको संयोजकत्वमा साधारणसभा तयारी समिति गठन भएको छ । सो समितिको सदस्यमा कोषाध्यक्ष रतन टन्डन, अशोक बज्राचार्य, समिम मियाँ अन्सारी, संजिव तुलाधर, रामजीबहादुर श्रेष्ठ र डा सरोजकृष्ण श्रेष्ठ छन् ।
 
बैठकले ओलम्पियन कमिसन गठन गर्नका नाम सिफारीस गर्न लागि ओलम्पियन पुष्प ओझा, उमेश मास्के,संगिना बैद्यलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । 
 
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि आवश्यक सूचना व्यवस्थापन गर्न एनओसी सदस्य निलेन्द्रराज श्रेष्ठ, तेज गुरुड र समिममिया अन्सारी रहेका छन् ।
 
सन् २०२० मा जापानको टोकियो ओलम्पिकलाई परिणाममुखी बनाउन तयारी शुरु गर्ने निर्णय भएको एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले बताए । ४ वर्षे क्यालेन्डर बनाएर टोकियो ओलम्पिकको तयारी गर्ने निर्णय भएको छ ।
 
बैठकमा एनओसीका कोषाध्यक्ष रतन टन्डनले रियो ओलम्पिकको सहभागीताको प्रतिवेदन पेश गरेका थिए । बैठकले नेपालको रियो सहभागिता सन्तोषजनक रहेको निर्णय गरेको छ । 
 
रियो ओलम्पिकमा नेपालका दुई खेलाडी पौडीका शिरिष गुरुड र एथ्लेटिक्सकी सरस्वती भट्टराईले राष्टिय किर्तिमान बनाएका थिए भने तेक्वान्दोकी निशा रावलले उत्कृष्ट पर्दशन गर्दै सातौ स्थान प्राप्त गरेकी थिइन् । 
 
त्यसैगरी पौडीकी गौरिका सिंह रियोमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी भएकी थिइन् । पौडीका शिरिष यु–१८ तर्फ तेस्रो स्थानमा आउन सफल भएकाले पनि रियो सहभागीता सन्तोषजनक रहेको टन्डन प्रतिवेदनमा उल्लेख छ । टन्डनले सो अवसरमा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ