नोउ क्याम्प । स्पेनिश फुटबल क्लव बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी तीन हप्ता खेल्न नसक्ने भएका छन् । स्पेनिश लिग ला लिगाको बुधबार रातिको एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएसंगै मेसी कम्तीमा तीन साता खेल्न नसक्ने भएका हुन् ।
खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेसी घाइते भएका थिए ।
मेसीले नोउ क्याम्पमै हुने ला लिगाका अन्य दुई खेल त खेल्न नसक्ने नै भएका छन् इङलिश क्लव म्यानचेष्टर सिटी विरुद्धको च्याम्पियन्स लिगमासमेत सहभागी हुन सक्नेमा शंका पैदा भएके छ ।
यसअघि चोटकै कारण विश्वकप छनोटमा पनि मेसीले भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए।
एथ्लेटिको मड्रिड विरुद्धको खेलमा बार्सिलोनाले १–१ गोलको बराबरी खेलेको छ । खेलको ४१ औं मिनेटमा इभाँ राकिटिकको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।
तर ६१ औं मिनेटमा एन्जेल कोरियाको गोलबाट एथ्लेटिकोले बराबरी गर्न सफल भयो ।
यो बराबरीले बार्सिलोनाले रियल मड्रिडसंगको अंकदूरी घटाउन सकेन ।