स्पेन । स्पेनिश लिग ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेल १–१ को बराबरीमा रोकिएको हो । रियलको घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले ४५ औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । बु्रनो सोरियानोले गरेको पेनाल्टी गोलले रियललाई दबाब बढ्यो ।
४८ औं मिनेटमा सर्जिओ रामोसले गोल गर्दै रियललाई बराबरीमा ल्याए ।
तर त्यसपछि क्रिष्टियानो रोनाल्डो चल्न नसक्दा रियलले खेल बराबरीमै चित्त बुझायो ।
योसंगै लिगमा रियलको जितको यात्रामा पूर्णविराम लागेको छ । जारी लिगमा रियलमात्र सतप्रतिशत नतिजा निकाल्ने टिम थियो ।
लगातार १६ खेलमा जित हात पार्दै रियल मड्रिडले पेप ग्वार्डिओलाको नेतृत्वमा बार्सिलोनाले २०१०÷११ सिजनमा बनाएको रेकर्ड भने जिनेदिन जिदानको रियल मड्रिडले बराबरी गरिसकेको छ ।
यो रेकर्ड तोड्न नसके पनि रियल लिगको शीर्ष स्थानमा कायमै रहने क्रममा बार्सिलोनाभन्दा ३ अंकले अगाडि छ ।
लिगका अन्य खेलमा सेल्टाभिगोले स्पोटिङ गियोनलाई २–१ ले, एथ्लेटिक बिलबाओले ग्रानाडालाई २–१ ले तथा रियल सोसिडाडले लसपल्मसलाई ४–१ ले हरायो ।