arrow

स्वराजको जवाफ पर्खदै भारतीय विपक्षी दल, चित्त नबुझे नेपालको समर्थनमा संसद अवरुद्धको तयारी

logo
प्रकाशित २०७२ मंसिर २१ सोमबार
sushmaswaraj759.jpg.jpeg
काठमाडौ । नेपालको विषयलाई लिएर भारतको राज्यसभामा बहस गरिरहेका विपक्षी दलहरुले सोमबारको बैठकमा विदेश मन्त्री शुष्मा स्वराजको जवाफ सुनेपछि मात्रै थप निर्णय लिने भएका छन । नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग कुरा गर्दै भारतीय कम्यूनिष्ट पार्टी माक्र्सबादी लेनिनबादीका संसद डी राजाले विदेशमन्त्री शुष्मा स्वराजको जवाफ चित्त बुझ्दो नभए बैठक अवरुद्ध पार्ने सम्मका आन्दोलन गर्न सकिने बताए ।

उनले नेपालसँगको सम्बन्ध विग्रिएकोमा र नेपाली जनताले झेलिरहनु परेको अभावले आफूलाई चिन्तित बनाएको भन्दै यस विषयमा संसदहरुले प्रसस्तै प्रश्न उठाएकोले विदेश मन्त्रीको जवाफको प्रतिक्षामा रहेको बताए ।

उनीसँग काग्रेस आईका डा. करण सिंह, भाकपा माक्र्सबादीका सीताराम एचुरे, राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठी लगायतकाले पनि आफूहरु विदेशमन्त्रीको जवाफको प्रतिक्षामा रहेको भन्दै उनको जवाफपछि भावी रणनीति तय गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ