arrow

साझा प्रकाशनको पूर्वाञ्चल क्षेत्रीय कार्यालय बन्द हुँदै

logo
प्रकाशित २०७३ असोज ६ बिहिबार
sajha-prakasan-new-aa.jpeg
पथरी । विराटनगरको कलेज रोडस्थित साझा प्रकाशनको पूर्वाञ्चल क्षेत्रीय कार्यालय बन्द हुने भएको छ । 
 
नेपाली भाषा र साहित्यको विकासमा योगदान पु¥याउँदै आएको साझाको सो कार्यलयबाट पुस्तक बिक्री हुन छाडेकाले बन्द गर्न लागिएको हो । 
 
“राजनीतिक हस्तक्षपले गर्दा साझा उठन नसक्ने अवस्थामा छ, प्राज्ञ विवश पोखरेलले भने, ‘प्रकाशनको विराटनगर शाखा लामो समयदेखि घाटामा छ । “ कार्यालय बन्द गर्दा साहित्यकारलाई नकारात्मक असर पर्छ ।” 
 
साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्मा भने बिक्री बितरणका काम ठप्प भएकाले सो कार्यालय बन्द गर्नाको विकल्प नरहेको बताउँछन् । उनले भने, ‘साझाले पुस्तक प्रकाशन गरी बिक्री गरेर आम्दानी गर्ने हो तर विराटनगर शाखा सधैँ घाटामा छ ।” 
 
व्यवस्थापकीय कमजोरीका कारण कार्यालय घाटामा गएकाले यहाँको क्षेत्रीय कार्यालय धरानमा सार्ने उल्लेख गर्दै उनले धरानको कार्यालय अझैपनि आत्मनिर्भर छ तर यो कार्यालय सधैं घाटामा रहेकाले हाजिर गराएर मात्र कर्मचारी पाल्न सकिन्न भने । 
 
विराटनगरसँगै दाङ, बुटवल र वीरगन्जको कार्यालय पनि बन्द गर्ने निर्णय भएको उनको भनाइ छ । ‘हामी तयारीमा छौं ।” उनले भने, “सम्भव भए दसैं अघि नभए दसैं पछि विराटनगरको कार्यालय धरानमा सार्छौं ।” 
 
निजी बजारसँग प्रतिस्पर्धा गर्न नसक्नु लज्जास्पद भएको चर्चा गर्दै स्थानीय उपभोक्तवादी संस्थाका अध्यक्ष उत्तम ढुङ्गेल बताउँछन् । उनले भनेका छन्, ‘विराटनगरबाट साझा प्रकाशनको कार्यालय बन्द गर्नुभन्दा निजी बजारसँग प्रतिसपर्धा गर्ने गरी सञ्चालनमा ल्याउनु पर्छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ